
षडानन्द नगरपालिकाका प्राबिधिक शाखा प्रमुख लुकराज खड्का र योजना शाखा प्रमुख कुल प्रसाद ताजपुरियाले आफुहरु कार्यस्थलमा असुरिक्षत रहेको बताएका छन । आफुहरुले पदिय दायित्व अनुरुप काम गर्दै आएको तर नगरपालिकाको नेतृत्वले विधि प्रक्रिया भन्दा बाहिर गएर हस्ताक्षर गर्न दबाब दिएपछी आफ्नो जागिरलाईनै धरापमा राखेर त्यसो गर्न सकिएन फलस्वरूप आफु असुरक्षित छु कुन बेला के हुन्छ ठेगान छैन खड्काले भने
आ.व.२०७९/८० को प्रदेश १ को बजेटमा एग्रो टुरिजम पुर्वाधार निर्माण शिर्षकमा रु.५० लाख र एग्रो टुरिजम प्रबर्द्धन शिर्षकमा रु.२० लाख गरि जम्मा रु.७० लाख बिनियोजन भएको थियो र उक्त कार्यक्रम षडानन्द नगरपालिका मार्फत प्रस्ताव आह्वान गरि सम्झौता गराएर गर्नु पर्ने थियो
उक्त कार्यक्रमको सस्था (फर्म)छनौट प्रक्रिया देखिनै नगरपालिकाले नियम मिचेर निर्णय गर्दै आएको थियो रु २० लाख भन्दा माथिको योजनाको लागि प्रस्ताव आह्वान गर्दा ३० दिने सुचना आह्वान गर्नु पर्नेमा ७० लाखको योजनामा पनि १५ दिनको मात्र सुचना गरिएको थियो त्यस्तै एग्रोटुरिजम पुर्वाधार तर्फ मकालु हिमालयन एग्रो टुरिजमको मात्र प्रस्ताब आएको भए पनि एग्रो टुरिजम प्रवर्द्धन तर्फ मकालु हिमालयन सहित २ ओटा फर्मको प्रस्ताव आएकोमा नियम बिपरित दुइ ओटै कार्यक्रम एउटै फर्म अर्थात मकालु हिमालयन एग्रो टुरिजम प्रा.लि.लाईनै दिइएको छ । त्यति मात्रै हैन ७० लाख बराबरको उक्त कार्यक्रम छनौट प्रकृयाको बारेमा नगर कार्यपालिकामा छल्फल समेत गराइएको छैन नगरपालिकाको मेयर, प्रमुख प्रशासकिय अधिकृत लगायत सिमित कर्मचारिहरु बसेर प्रस्ताव छनौट गरिएको छ । यति ठूलो योजना संचालन हुँदै गर्दा नगरपालिकाको योजना शाखा र प्राविधिक शाखालाई जानकारी सम्म गराईएको छैन जबकी एउटा वडाको ५० हाजारको योजना समेत योजना शाखा र प्रविधिक शाखामा नपुगी काम समेत गर्न पाइदैन तर एउटा प्राइभेट कम्पनिले ७० लाखको योजना पालिकाको शाखालाई थाहा समेत नदिइ सम्पन्न गरिएको छ । योजनाको लागत स्टिमेट समेत प्राविधिक शाखालाई जानकारी नगराई प्राइभेट कन्सल्टेन्सी मार्फत गराएर काम सम्पन्न गरि भुक्तानिको लागि प्रक्रिया अगाडी बढेपछि मात्रै योजना शाखा र प्राविधिक शाखाका शाखा प्रमुखरुलाई काम सम्पन्न प्रतिवेदनमा हस्ताक्षर गर्न लगाइएको थियो योजना शाखाका प्रमुख कुल प्रसाद ताजपुरिया र प्राविधिक शाखाका प्रमुख लुकराज खड्काले उक्त योजनामा आफ्नो शाखाबाट प्रकृयागत रुपमा काम नभएको कारण हस्ताक्षर गर्दा अप्ठ्यारो पर्ने जानकारी गराउदै हस्ताक्षर गर्न अस्वीकार गरेपछी नगरपालिकाको नेतृत्वले बारम्बार हस्ताक्षर गर्न मानशिक दबाब दिएको र मकालु हिमालयन एग्रो टुरिजमको सन्चालक राजकुमार घिमिरेले असार २४ गत्ते नगरपालिकामै आएर कागजमा हस्ताक्षर नगरे ज्यान मार्ने सम्मको धम्की दिएपछि आफू असुरक्षित रहेको कुरा नगरपालिका प्रशासनलाई जानकारी गराउदा समेत नगरपालिकाले वास्ता नगरेपछि आफू ज्यान बचाउनकै लागि आपटारी स्थित ससुराली घरमा पुगेको र आफु त्यहाँ रहेको सुचनाका आधारमा प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार भाण्डारिले प्रहरी र नगर प्रहरी परिचालन गरि आफुलाई जबरजस्ती नगरपालिका ल्याएर उल्टै लिखित स्पस्टिकरण मागेको प्राविधिक शाखाका प्रमुख लुकराज खड्काले बताए।
उक्त योजनाको भुक्तानी दिदा प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुक अप्ठ्यारोमा पर्ने भएपछी आफुलाई पनि अप्ठ्यारो पार्न अबर्जस्ती हस्ताक्षर गर्न लगाइएको तर आफ्नो जागिर धरापमा राखेर उक्त कागजमा हस्ताक्षर गर्न आफू तयार नरहेको बताउदा पनि हस्ताक्षर गर्नै पर्ने दबाब बढेपछी आफुले निजि कन्सल्टेन्सी मार्फत मुल्यांकन गरिएको उक्त कागजमा हस्ताक्षर नगरी उक्त कामको स्थलगत रिपोर्ट चाहि तयार पारिदिएको खड्काले बताए ।
हाल उक्त योजनाको भुक्तानी भैसकेको छ तर अझै पनि आफ्नो ज्यान खतरामा रहेको भन्दै खड्काले जिल्ला प्रशासन कार्यलय भोजपुरमा शुरक्षाको माग गर्दै निबेदन समेत दिएका छन।