
दिङ्ला- षडानन्द नगरपालिकाको सामाजिक विकास समिती मार्फत नगरपालिकाभरिका सम्पुर्ण विद्यालयका एक एक जना उत्कृष्ट दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको छ।
आज शनिबार दिङ्ला बजार स्थित अरुण मा.वि. मा एक औपचारिक कार्यक्रम गरि विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा नगरपालिकी उपमेयर प्रमिला राई,शिक्षा साखा प्रमुख मणिराम तामाङ,कार्यपालिका सदस्य एवम सामाजिक विकास समितीका संयोजक मन्दिप रसाइली लगायत बिभिन्न विद्यालयका शिक्षकहरूको उपस्थिती रहेकाे थियो आ.ब. २०७९/८० को सामाजिक बिकास समिती मार्फत बिनियोजित दलित लक्षित उक्त कार्यक्रम अन्तर्गत नगरपालिका भरिका १३ वटा मा. वि. का एक-एक जना उत्कृष्ट दलित विद्यार्थीलाई शैक्षिक सामग्री साथै आउने जाने भाडा पनि उपलब्ध गराइएको हो भने ५८ वटा आधारभुत विद्यालयका छात्र चात्रालाई भने बजेटको भोल्युम कम भएको कारण सम्बन्धित विद्यालयकै खातामा निस्चित रकम पठाइएको सामाजिक विकास समितिको संयोजक मन्दिप रसाइलीले बताउनु भयो ।