Logo

प्रदेश सरकारकाे विरूद्धमा भाेजपुरकाे दिङ्लामा बिराेध र्यालि

Radio Manjushree १३ असार २०८०, बुधबार १०:०४ मा प्रकाशित

दिङ्ला-प्रदेश सरकारकाे विरूद्धमा भाेजपुरकाे दिङ्लामा बिराेध र्यालि प्रदर्सन गरिएकाेछ ।
तत्कालिन मुख्य-मन्त्री राजेन्द्र कुमार राई नेतृत्वकाे प्रदेश सरकारले आ.व. २०७९/८० काे विनियाेजित बजेटमा समाबेश दिङ्ला तिनतले र तिनतले भाेजपुर सडक कालाेपत्रे याेजना मिति २०८० जेष्ठ ३१ गत्ते बसेकाे बर्तमान काेशी प्रदेश सरकारकाे बेठकले खारेज गरिदिएपछि भाेजपुरकाे उत्तरी क्षेत्रका जनताहरू आन्दाेलित भएका छन्
अघिल्लाे सरकारले विनियाेजन गरेकाे १ अरब ९० कराेड ७५ लाख बराबरकाे उक्त बजेट कार्यान्वयनकाे लागि ठेक्का समेत लागिसकेकाे थियाे ।
बर्तमान प्रदेश सरकारकाे याेजना कटाैति गर्ने उक्त कदमकाे विराेधमा उत्रिएका नागरिकहरूले विकाश विराेधि सरकार खबरदार, भाेजपुरे जनता एक हाेअाै, बहुवर्षिय याेजना खारेज गर्न पाइदैन,विकास बिराेधि सरकार मुर्दावाद जस्ता नाराहरू लगाएका थिए भने कार्यक्रममा उध्धाेग वाणिज्य संघ दिङ्ला, यातायात व्यबसायि संघ दिङ्ला का पदाधिकारिहरू, बिभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता लगायत स्थानियहरूकाे उल्लेखनिय उपस्थीति रहेकाे थियाे।


ताजा समाचार
ट्रेंडिंग समाचार