Logo

षडानन्द १३ का वडा अध्यक्ष पदम तामाङले आफ्नो बैठक भत्ता कटाएर शिक्षकलाई तलव खुवाउने

Radio Manjushree ५ असार २०८०, मंगलवार १३:१५ मा प्रकाशित

ष.न.पा.१३ का वडा अध्यक्ष पदम बहादुर तामाङले आफ्नो बैठक भत्ता कटाएर शिक्षकलाई तलव खुवाउने भएका छन।

आर्थिक वर्ष २०८०/८१ को वडासभामा निर्णय गराउदै तामाङले सरस्वती प्रा.वि. पातल र शिद्द देवि प्रा. वि. रेवा मा एउटा मात्र दरबन्दी रहेको कारण आफ्नो बैठक भत्ता बापत प्राप्त रकममा नगर साझेदारी मार्फत दुबै विद्यालयलाई एक-एक जना शिक्षक राख्ने निर्णय गराएका हुन
हिजो जेष्ठ ४ गत्ते बसेको वडासभा अध्यक्ष तामाङले आफू सहित ४ जना वडा सदस्यहरु र २ जना कर्मचारिहरुको समेत बैठक भत्ता कटाएर विद्यालयलाई शिक्षक राख्ने प्रस्ताब राखेका थिए तर अरु वडा सदस्यहरुले असहमती जनाए पछि वडा परिषद स्थगित भएको थियो र आज ५ गत्ते मंगलबार पुन वडासभा बसि आफ्नो मात्रै भए पनि बैठक भत्ता कटाएर शिक्षकलाई तलव खुवाउने निर्णय गराएको जानकारी गराए।
ष.न.पा.१३ पातलमा रहेको श्री सरस्वती प्रा.वि.र ष. न. पा.१३ रेवामा रहेको शिद्द देवि प्रा.वि.मा एउटा-एउटा मात्र दरबन्दि रहेको कारण पटक पटक नगर शिक्षा शाखामा दरबन्दि माग गर्दा पनि दरबन्दि उपलव्ध नगराएपछी ३ कक्षा सम्म रहेको उक्त विद्यालयहरुमा एउटा शिक्षकले पढाउनु पर्ने बाध्यता रहेको थियो।


ताजा समाचार
ट्रेंडिंग समाचार