Logo

विद्यालयको आफ्नै भवन बनेपछी रेवा-पोपुङ्लाबासी जनताहरुमा खुसियालि

Radio Manjushree १५ जेष्ठ २०८०, सोमबार ०३:५६ मा प्रकाशित

षडानन्द नगरपालिका वडा नम्बर १३ पोपुङ्लामा शिध्ददेवि प्रा.वि. को नवनिर्मित ३ कोठे भवन हिजो आइतबार एक कार्यक्रमका बिच वडाध्यक्ष पदम बहादुर तामाङले उदघाटन गर्नुभएकोछ।

२०४९ सालमा स्थापना भएको विद्यालयको आफ्नै जग्गा नभएको कारण ष. न.पा. १३ रेवामा सार्वजनिक जग्गामा भवन निर्माण गरेर पठनपाठन गर्दै आएको विद्यालयमा कक्षा ३ सम्म पढाइ हुँदै आएको छ । पछिल्लो समयमा विद्यार्थी संख्या कम भएको कारण विद्यालयहरु धमाधम मर्ज हुन थाले पछि शिध्ददेवि प्रा.वि. लाई पनि विद्यार्थी संख्या बढाउनु पर्ने दबाब थपिएको र आफ्नै जग्गामा भवन नभएको कारण पनि रेवा र पोपुङ्ला टोलको विद्यार्थी हरुलाई पायक पर्ने गरि पोपुङ्लामा विद्यालय स्थान्तरण गरिएको हो।

विद्यालयको भवन निर्माणको लागि हाल काठमाडौ निवासी हरिकृष्ण खतिवडाले दान गर्नु भएको ७ रोपनी जग्गामा षडानन्द नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेटबाट विनियोजित रु ११ लाखमा निर्माण सम्पन्न भएको ३ कोठे भवनमा पढाइ सुरु हुने भएपछी रेवा-पोपुङ्लाका जनाताहरुमा खुसियाली छाएको छ।


ताजा समाचार
ट्रेंडिंग समाचार