Logo

वडा स्तरिय भलिवलको उपाधी नेपालेडाडालाई

Radio Manjushree १६ चैत्र २०७९, बिहीबार १७:३५ मा प्रकाशित

भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १३ वोयामा सम्पन्न अन्तर वडा स्तरिय खुला पुरुष भलिवल प्रतियोगिताको उपाधी ष. न. पा. १ नेपालेडाडाले जितेकोछ।
चैते दशैको अबसर पारेर वडा नम्बर १३ को प्रायोजन तथा वडा खेल्कुद समिती र प्रगतिशिल युवा क्लवको आयोजनामा षडानन्द १३ बेठिस्वाराको खेल मैदानमा चैत्र १४ गत्ते देखि आज १६ गत्ते बिहिबार सम्म सन्चालन भएको प्रतियोगिताको बिजेता नेपालेडाडाले रु ५०००० प्राप्त गर्दा उपबिजेता ष. न. पा. ४ मुलपानीले रु ३०००० त्यस्तै तेश्रो हुन सफल आयोजकले रु २०००० र सान्त्वना स्थान हासिल गर्ने भोजपुर नगरपालिका २ हेलौछाले रु १०००० मा चित्त बुझायो ।
प्रतियोगितामा जम्मा १० टिमको सहभागीता रहेको थियो प्रतियोगिताको फाइनल खेल तथा समापन समारोहका प्रमुख अतिथि प्रदेश एकका भुतपुर्व मुख्यमन्त्री एवम् भोजपुर क्षेत्र १ का प्रदेश सभा क का साम्सद माननीय राजेन्द्र कुमार राइले समारोहका बिच बिहिबारे बजारका आगलागी पिडित खेममणी तामाङलाइ रु २ लाख राहात रकम पनि हस्तान्तरण गर्नुभयो भने माननीय राईकै पहलमा उक्त खेल मैदान निर्माणको लागि समेत गत आर्थिक वर्षमा रु १६ लाख बिनियोजन भई खेल मैदान समेत निर्माण सम्पन्न भइसकेको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार