
न्यु समिट इङ्लिस बोर्डिङ स्कुल दिङ्लाले १६ औ वार्षिकोत्सब समारोह तथा अभिभावक दिवस मनाएकोछ। भोजपुर जिल्लाकै उत्तरी क्षेत्रको एक मात्र माध्यमी स्तरको निजि विद्यालयको रुपमा रहेको विद्यालयले आज सुक्रवार विविध कार्यक्रमका बिच आफ्नो वार्षिकोत्सब समारोह सम्पन्न गरेको हो । षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजारमा अबस्थित बहुउद्देश्यीय भवनमा भएको कार्यक्रमको अध्यक्षता विद्यालयका सन्चालक समितिका अध्यक्ष यङ्गराज राइले गर्नुभएको थियो भने षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदास प्रमुख अतिथी , नगर उपप्रमुख एवम न्ययिक समिती संयोजक प्रमिला राई विशेष अथिती साथै प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार भाण्डारी विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो। कार्यक्रममा हालसालै सम्पन्न जिल्ला स्तरिय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा ८०० मिटर दौड तर्फ स्वर्ण पदक बिजेता न्यु समिट बोर्डिङ्कै छात्रा रन्जना श्रेस्ठलाई सम्मान गरिएको थियो भने शैक्षिक सत्र २०७८ मा उतिर्ण कक्षागत प्रथम ,दितिय र तृतिय साथै विभिन्न खेलकुद र मनोरञ्जन तर्फका विजयी विद्यार्थिहरुलाइ पुरस्कार बितरण गरिनुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको साङ्गितिक प्रस्तुतिहरु पनि राखिएको थियो अभिभावक तथा विद्यार्थीले भरिभराउ कार्यक्रमको उद्घाटन समारोहमा बोल्नुहुदै प्रमुख अतिथी तथा नगर प्रमुख सुरेन्द्र कुमार उदासले प्राविधिक जनसक्ती उत्पादनमा निजि विद्यालयले खेलेको भुमिका निकै सराहनिय रहेको र सामुदायिक र निजि विद्यालयहरुले स्वच्छ प्रतिस्पर्धा मार्फत दक्ष जनशक्ति उत्पादनमा भुमिका खेल्नु पर्ने बिचार व्यक्त गर्नुभयो। कार्यक्रममा सुभकामना मन्तव्य राख्नुहुदै बोर्डिङ्का भु.पु. प्र.अ. एवम नेकपा एकीकृत समाजवादिका षडानन्द नगर कमिटी अध्यक्ष हरि भित्रीकोटिले पटक पटक जिल्ला टप गरेर न्यु समिट बोर्डिङ स्कुल जिल्लामा मात्रै हैन पुर्वमै चर्चित बन्न सफल भएको बताउनुभयो ।