
दिङ्ला- रुद्राक्ष व्यावसायि संघ केन्द्रीय कार्यसमितिको आठौं साधारणसभा आज सम्पन्न भएकोछ।
काठमाडौंको महादेव होटलमा सम्पन्न साधारणसभाको उद्घाटन प्रमुख अतिथी सस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री माननिय सुदन किराँतिले गर्नुभएको हो। उद्घाटन समारोहको अध्यक्षता संघको केन्द्रिय अध्यक्ष मनोज कुमार चापागाईंले गर्नुभएको थियो भने उद्योग बाणिज्य महासंघ का केन्द्रिय उपाध्यक्ष दिनेश श्रेष्ठ पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ विशिष्ट अतिथिको रुपमा हुनुहुन्थ्यो ।
उद्घाटन समारोहमा बोल्नुहुदै मन्त्री किरातिले रुद्राक्षको निर्यातले नेपालको अर्थतन्त्रमा के कति योगदान पुर्यायो भन्ने यकिन तथ्यांक निकाल्न अध्यन कार्यदल बनाउनु पर्ने र त्यसैको आधारमा राज्यले नितिगत र आर्थिक रुपमा पनि सहयोग गर्न सक्ने बताउनुभयो कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले रुद्राक्षलाई कानुनी रुपमा वन पैदावरजन्य बनस्पतिको रुपमा राखिएकोले यसको निर्यातमा कठिनाई भएको विषय उठान गरेकोले रुद्राक्षलाई कृषि उत्पादनको रुपमा ब्यबस्था गर्न पहल गर्ने त्यसै गरि उद्योग बाणिज्य महासङ्घ र नेपाल सरकार सङ्गको समन्वयमा रुद्राक्षको बजारिकरणको लागि बिदेसमा समेत स्टलको ब्यबस्था गरिने लगायतका विषयहरुमा निर्णय पारित गरिएको रुद्राक्ष व्यावसायि संघ संखुवासभाका अध्यक्ष निलमणी न्यौपानेले जानकारी गराउनुभयो कार्यक्रममा संखुवासभा , भोजपुर , धनकुटा , सुनसरी लगायत जिल्लाहरुबाट कृषक र ब्यबासायीहरु उपस्थित भएका थिए।