Logo

भोजपुरको बोयामा एक जना मृत भेटिए ।

Radio Manjushree २८ माघ २०७९, शनिबार ०३:३५ मा प्रकाशित

दिङ्ला-भोजपुरको बोयामा एक जना ब्यक्ति मृत भेटिएका छन।
षडानन्द नगरपालिका वडा नम्बर १३ बोयाका ६० वर्षिया फत्त बहादुर तामाङ आफ्नै घरको दलानमा लडिरहेको अबस्थामा सब फेला परेको हो घटनाको प्रकृति हेर्दा घरको कौसिबाट लडेर मृत्युु भएओ जस्तो देखिन्छ। आज बिहान ७ बजेको समयमा गाउका कुमारी तामाङ माइत बाट फर्किने क्रममा मृत तामाङ लाई देखेर छरछिमेकिलाइ खबर गरेका थिए
तामाङको २ ओटि श्रीमतिहरु भए पनि श्रीमतिहरु संग राम्रो सम्बन्ध नभएको कारण केही बर्ष देखि एक्लै बस्दै आएका थिए। घटनाको बारेमा अनुसन्धान गर्नको लागि इलाका प्रहरी कार्यलय दिङ्लाका प्रहरी निरीक्षक अर्जुन कुमार पोख्रेलको टोलि दिङ्ला बाट हिडिसक्नुभएको र पोस्टमार्टमको लागि भोजपुर सदरमुकाम लाने तयारी भैरहेको प्रहरी चौकी बोयाका इन्चार्ज कुमार खत्रीले जानकारी दिनु भयो ।


ताजा समाचार
ट्रेंडिंग समाचार