
दिङ्ला – सुभद्रापञ्चकन्या प्रा.वि. ष.न.पा.-६ काे ४३ अाै वार्षिकाेत्सब समाराेह बिविध कार्यक्रमहरूका बिच अाज शनिवार सम्पन्न भएकाेछ।
कार्यक्रमकाे अध्यक्षता वि. व्य. स. अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले गर्नु भएकाे थियाे भने प्रमुख अतिथिकाे रूपमा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदास रहनुभएकाे थियाे
वार्षिकाेत्सव समाराेहमा विध्यालयका प्रधानाधयापक दिनेस कुमार लम्सालले रू ३८ लाख ८ हजार ३ सय ६ रूपैया बराबरकाे वार्षिक अार्थिक प्रतिवेदन पेश गर्नुभएकाे थियाे।
बि. स. २०३६ साल पाैष १६ गत्ते स्थापना भएकाे विध्यालयमा हाल शिशु कक्षा देखि कक्षा ५ सम्म अध्ययन अध्यापन हुँदै अाएकाेछ। विध्यालयमा ४ जना दरबन्दि शिक्षक २ जना वाल शिक्षक र वेल्जियमका नागरिक मिस्टर वाेर्नर दम्पत्तिले एक जना अंग्रेजि शिक्षक र एक जना संगित शिक्षककाे ब्यबस्था गरिदिएपछि जम्मा ८ जना शिक्षकहरूले अध्यापन गराइरहेका छन्।
वेल्जियमका नागरिक मिस्टर वाेर्नर दम्पत्तिले व्यबस्था गरिदिएकाे संगित कक्षा शिक्षकमा गायक तथा संगितकार सुरेन्द्र पुलामि मगर नियुक्त हुनुभए पछि अतिरिक्त कृयाकलामा विध्यालय निकै अगाडि रहदै अाएकाेछ फलस्वरूप वार्षिकाेत्सव समाराेहमा पनि विध्यर्थिहरूले एक पछि अर्काे गायन तथा नृत्यहरू प्रस्तुत गरिरहँदा कार्यक्रमकाे माहाेल छुट्टै भएकाे थियाे ।