Logo

षडानन्द नगरपालिकाले मनायाे ५८ अाै वाल दिवस २०७९

Radio Manjushree २९ भाद्र २०७९, बुधबार १४:३९ मा प्रकाशित

दिंला– षडानन्द नगरपालिकाले विबिध कार्यक्रमका बिच ५८ अाै  वाल दिवस आज अरूण मा.वि. दिंलामा भब्यताकाे साथमा  मनाएकाे छ ।

हरेक वर्ष भदाै २९ गत्ते मानाइदै आएकाे वाल दिवसकाे अवसरमा षडानन्द नगरपालिकाकाे आयाेजना तथा अरूण मा.वि.  काे व्यबस्थापनमा आयाेजित कार्यक्रमकाे अध्यक्षता उपमेयर प्रमिला राईले गर्नुभएकाे थियाे भने प्रमुख अतिथिकाे रूपमा मेयर सुरेन्द्र कुमार उदास रहनु भएकाे थियाे ।

वाल मैत्रि समाजकाे अाधर जिम्मेवार परिवार , उतरदायि सरकार भन्ने मुल नाराका साथ आयाेजित कार्यक्रममा षडानन्द नगरपालिका क्षेत्र भित्रका बिभिन्न विध्यालयहरूलाइ आमन्त्रण गरि अन्तर वाल क्लव स्तरिय हाजिरि जवाफ र अन्तर मा.वि. स्तरिय वक्तृत्वकला प्रतियाेगिता समेतकाे आयाेजना गरिएकाे थियाे

हाजिरि जवफ प्रतियाेगिता तर्फ जम्मा १० वटा टिम सहभागि भएकामा महेन्द्राेदय मा.वि. टारि गाउँ प्रथम , शारदा मा.वि. झ्याउपाेखरि दाेश्राे र खार्तम्छा मा.वि. खार्तम्छा ले तेश्राे स्थानकाे पुरस्कार हात पारे भने वक्तृत्वकला तर्फ जम्मा ८ जना सहभागि भएकामा महेन्द्राेदय मा.वि. टारि गाउँकै छात्र अनिश खड्का प्रथम भए भने क्रमस रविता थापा शारदा मा.वि झ्याउपाेखरि र पल्पसा जिसि भगवति मा.वि. ले दाेश्राे र तेश्राे पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

विजेता छात्र तथा छात्राहरूलाइ पुरस्कार बितरण गर्दै मेयर सुरेन्द्र कुमार उदासले पछिल्लाे समयमा बालबालिकाहरूमा लागु अाैषध दुर्व्यसनिकाे समस्या बढ्दै गएकाेले सम्पुर्ण सराेकारवालाहरूले यस तर्फ ध्यान दिन नसके बिकराल रूप लिने भन्दै लागु अाैषध दुर्व्यसनि नियन्त्रणकाे लागि एकजुट भएर लाग्नु पर्ने बताउनु भयाे ।

त्यसै गरि कार्यक्रमकाे समापन समाराेहमा बाेल्दै उपमेयर एवम न्यायिक समितिका संयाेजक प्रमिला राईले आफु न्यायिक समितिकाे संयाेजक समेत भएकाेले वालवालिकाहरूकाे हरेक समस्यामा नजिक रहने र आ. व. २०७९-८० काे बजेटमानै आफुहरूले नगर क्षेत्र भित्र बिभिन्न कारणले समस्यामा परेका, शिक्षाकाे पहुँचबाट बाहिर रहेका साथै हिंशा र दुर्व्यबहारकाे मारमा परेका वालवालिकाहरूलाइ उध्दार तथा पुनरस्थापना गर्ने कार्यक्रम राखेकाे बताउदै पहिलाे वर्ष भएकाेले जे जति सकिन्छ तदारूपताका साथ साे कार्यक्रमलाइ अगाडि बढाइने समेत बताएनु भयाे ।


ताजा समाचार
ट्रेंडिंग समाचार