
भोजपुरको षडानन्द नगरपालिका-११ स्थित श्री शिक्षा प्राथमिक विद्यालयकी प्रधानाध्यापक इन्दिरा घलेलाई नेकपा एमाले भोजपुर कमिटीले प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ समानुपातिक तर्फबाट सिफारिस गरेको छ ।
घले शिक्षण पेसामा आबद्ध छिन्। शिक्षा प्राथमिक विद्यालयको प्रधानाध्यापक समेत रहेकि घलेकाे नाम नेकपा एमाले जिल्ला कमिटी भोजपुरको सूचनामा समानुपातिक तर्फ सूचीको पहिलो नम्बरमा राखिएकाे छ ।
नेपालको कानुन अनुसार कुनै पनि सरकारी पेसामा आबद्ध कर्मचारीले कुनैपनि पार्टीको सदस्यता लिएर राजनीति गर्न पाउँदैन भन्ने व्यवस्था भएता पनी नियमलाई बेवास्ता गर्दै खुलम खुल्ला कयौँले राजनीति गर्दै आएका छन्।
भविष्यको कर्णधारहरू निर्माण हुने स्थान विद्यालयलाई मानिन्छ तर सोही संस्थानको मुख्य पदमा रहेर राजनीति गर्नुमा घलेप्रति नैतिकताको प्रश्न तेर्सिएको छ । नेकपा एमाले भोजपुरले उक्त जानकारी निकाले पश्चात् कयौँ बुद्धिजीवी बर्गले नैतिकताको प्रश्न उठाउँदै निलम्बनको समेत माग गरेका छन्।