Logo

ष. न. पा. १३ वोयामा कांग्रेसका पदम तामाङ्गको सानदार जीत

Radio Manjushree १ जेष्ठ २०७९, आईतवार ०५:४० मा प्रकाशित

षडानन्द नगरपालिका वडा नम्बर १३ वोयाको वडा अध्यक्ष पदमा नेपाली काङ्ग्रेस को उमेदवार पदम बहादुर तामाङ्ग भारी मतान्तरका साथ विजयी भएकाछन।

पदम बहादुर तामाङले निकटतम प्रतिद्वन्द्वी ओम कुमार श्रेष्ठलाई २७८  को फराकिलो मत अन्तरका साथ पराजित गरेका हुन। रास्टृय राजनैतिक समिकरणलाइनै चुनौती दिदै ओम कुमार श्रेष्ठले आफ्नो पार्टी नेकपा माओवादीलाई नेकपा एमाले सङ्ग गठबन्धन गराइ एमालेको चुनाव चिन्ह सुर्य बाट आफ्नो उम्मेद्बारी दिएका थिए भने एमाले र माओवादीको गठबन्धनको सामना गर्न नेकपा एकीकृत सामाजवादि पार्टिले काङ्ग्रेसलाई सहयोग गरेको थियो।  स्थानिय समिकरण अनुसार सुर्य चिन्ह बाट अध्यक्ष सहित २ वडा सदस्य माओवादी ले र २ ओडा सदस्य एमालेले सुर्य चिन्ह बाट उठाएको थियो भने ओडा अध्यक्ष सहित २ ओडा सदस्य कांग्रेसले र ल२ ओडा सदस्य नेकपा एसबाट रुख चिन्ह बाट उठाएको थियो एमाले र माओवादीको तर्फबाट ओम कुमार श्रेष्ठले २१५ मत प्राप्त गर्दा कांग्रेसको तर्फबाट पदम बहादुर तामाङ्गले )४९३ मत प्राप्त गरि अहिले सम्मकै सबै सर्वाधिक मतान्तरका साथ जित हासिल गरेको हो।

दुई तिहाइको फराकिलो मतान्तरका साथ विजयी पदम बहादुर तामाङ् यस अघिको २०७४ सालको निर्वाचनमा पनि एमालेको इन्द्र कुमार श्रेष्ठ सङ्ग ४१ मत अन्तरले पराजित भएका थिए।
विजयी हुनेमा अध्यक्ष तामाङ्ग सहित नेकपा एसको तर्फबाट दलित महिला सदस्य गोमा देवि बि. क. नेकपा एसकै खुला सदस्य अमृतमणी तामाङ्ग, महिला सदस्य निर्मला राई र खुला सदस्य पासाङ्ग शेर्पा रहेकाछन ।


ताजा समाचार
ट्रेंडिंग समाचार