
भाेजपुरकाे वाेया स्थित बिहिबारे बजबरमा आगलागिमा परि ३ वर्षिय बालिकाकाे मृत्यु भएकाेछ भने २ जना घाइते भएका छन।
षडानन्द नगरपालिका वडा नं १४ बिहिबारे बजारमा भिषण आगलागि हुँदा खेममणि तामाङकाे ३ वर्षिय छाेरि रेस्माकाे जलेर मृत्यु भएकाे हाे भने खेममणि र उनकि श्रिमति गम्भिर घाइते भएका छन् । घाइते दुबै जनालाइ उपचारकाे लागि भाेजपुर अस्पताल पठाइएकाे छ। छाेरिलाइ बचाउन गएका दुबै जना घाइते भए तर छाेरि लाइ बचाउन सकेनन् ठुलाे छाेरा भने सकुसल छन् घटनास्थलमा उद्दार कार्यमा खटिएका पदम तामाङले भने । आगलागिका कारण अहिले सम्म खेममणि तामाङकाे १ घर तथा पसल र डम्बर तामाङकाे २ वटा घर तथा साेहि घरमा रहेकाे हरि गाेले तामाङकाे किराना पसल, अर्जुन तामाङकाे १ घर तथा हाेटल र साेहि घरमा रहेकाे सुर्य तामाङकाे कपडा पसल र टेलर्स समेत जलेर पुर्ण रूपमा नष्ट भएकाेछ त्यसै गरि अन्य घरहरू पनि उच्च जाेखिममा रहेका छन् तर अझै सम्म पनि आगाे नियन्त्रण हुन सकेकाे छैन स्थानिय बासिले आगाे नियन्त्रणमा लिने काेशिष गरिरहेका छन् भने करिब साढे सात बजे बाट सुरू भएकाे आगलागि हुनकाे कारण अहिले सम्म खुल्न सकेकाे छैन ।