Logo

गायक खरेल चढेको गाडी दुर्घटना : ‘एअर ब्याग र सिट बेल्टले ज्यान जाेगायाे

Radio Manjushree १५ बैशाख २०७९, बिहीबार ०६:०८ मा प्रकाशित

गायक प्रमोद खरेल चढेको गाडी दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङको तुलसीपुरमा जाँदै गर्दा गएराति एक बजेतिर गाडी दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।

दाङकै अस्पतालमा उपचारपछि बिहान काठमाण्डौ आएर स्वास्थ्य जाँच गराएको उहाँले बताउनुभयाे । शरिरको बाहिरी भागमा चोट लागे पनि भित्री भागमा चोट नलागेको स्वास्थ्य जाँच रिपोर्टबाट थाहा भएको र केही दिन आराम गर्ने उहाँकाे भनाइ छ । यस्तै एअर ब्याग र सिट बेल्टकाे प्रयाेग गरेका कारण आफ्नाे ज्यान जाेगिएकाे पनि उहाँले बताउनुभएकाे छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार